काठमाडौं, २४ माघ–भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरुवात भएको थियो ।

खोप अभियान शुरुवात भएपछि हालसम्म भारतमा ५० लाखभन्दा बढीमा कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अमेरिका, बेलायत र इजरायलको तुलनामा भारतमा सबैभन्दा बढीले खोप लगाएका छन् ।

भारतमा अक्सफोर्ड एस्ट्राजेनिकाको खोप कोभिसिल्ड तथा भारतमै निर्मित कोभ्याक्सिन खोपले स्वीकृति पाएको छ । यसबीचमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये २२ जनाको मृत्यु भइसकेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका एक ७७ वर्षका मानिसको मृत्यु भएको छ । ती वृद्धमा पहिले मधुमेह तथा कार्डियोजेनिक रोग थियो । बीबीसी हिन्दी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *