कैलालीा, २४ माघ–माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

घर लिपपोत गर्ने माटो लिन गएका १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड र ३१ वर्षीया गंगा जैगडीको ढिस्कोले परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

ढिस्कोमा पुरिँदा स्थानीय काजल विक र अञ्जु जैगढी घाइते भएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु घर लिपपोतका लागि माटो लिन गाउँ नजिकैको जंगलमा गएका थिए । माटो खन्ने क्रममा खसेको ढिस्कोले पाँचै जना पुरिएको डिएसपी न्यौपानेले बताएका छन् । उनीहरुमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिएको खबर पाएपछि स्थानीयवासी र प्रहरीले उद्धार गरेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *