धरमपुर, २४ माघ–झापाको शिबसताक्षी नगरपालिका र कमल गाउँपालिकाकोबीचमा पर्ने कमल खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । प्रदेस १ का सदस्य माननीय सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेस कमिटि सदस्य झलकसिंह दर्लामी मगरको पहलमा नेपाल सरकार संघीय मन्त्रालयबाट कमल खोलामा दुई सय ८० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण हुने भएको हो ।
सांसद दर्लामीका स्वकीय सचिव एबम् नेकपा शिबसताक्षीका सचिवालय सदस्य दुर्गा नेम्बाङका अनुसार पुल निर्माणका लागि रु ५ करोड ५४ लाख २५ हजार ७ सय १० बजेट छुट्टिएको छ । उनले संघीय सरकार मार्फत बिनियोजित बजेट अनुसार दुई सय ८० मिटर पुलको लम्बाई हुने बताए ।
नेम्बाङका अनुसार शिबसताक्षी–२ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक बिद्यालयदेखी पश्चिम स्कुल डाँडाबाट कमल गाउँपालिकाको वडा नं ३ केर्खा जोड्न कमल खोला दोभानमा झोलुङ्गे पुल निर्माण हुने भएको हो । उनले सो स्थानमा झोलुङ्गे पुल निर्माणका लागि दुई अघि वर्षदेखी आफ्नो र प्रदेस सांसदको निरन्तरको संयुक्त प्रयासपछि सफल भएकोमा हाम्रोसरोकारसँग खुशी व्यक्त गरे ।
नेम्बाङले बजेट बिनियोजनसँगै बोलपत्र आव्हान अर्थात टेण्डर मार्फत कमल खोलामा झोलुङ्गे पुलको निर्माण प्रकृया अघि बढेको बताए । झोलुङ्गे पुल निर्माणस्थलमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरका कार्यालय प्रमुख कुमार थापा र इन्जिनियर उपेन्द्र देवकोटाले स्थलगत अध्ययन र अवोलकन गरेका छन् ।
पुल निर्माण भएपछि खासगरी धरमपुर चौक दक्षिणका ग्रामिण क्षेत्रका बासीन्दाहरु दमक वा केर्खा जानलाई छोटो बाटो भएर आवत–जावत गर्ने स्थानीय नेत्र नेम्बाङले बताए । पुर्वपश्चिम लोकमार्गको कमल पुलदेखी ३ किलोमिटर दक्षिणमा रहेको झोलुङ्गे पुल निर्माणस्थलको गाउँबाट उत्तर धरमपुर चौकसम्म आएर केर्खा बजार र दमक लगायत अन्य काम बिशेषले बिभिन्न स्थानमा आवत–जावत गर्न बाध्य थिए ।
