दमक, २४ माघ–झापा, मोरङ्ग र सुनसरीमा बसोवास गर्दै आएका दर्जी समुदायभित्रको खराङ्गे दर्नालहरुको कुलवंश प्रतिष्ठानले आज दमकमा एक कार्यक्रम आयोजना गरेको छ ।
खराङ्गे दर्नाल प्रतिष्ठान नेपालले आफनो वंशभित्रका ७ जना ज्येष्ठ सदस्यहरुलाई मान–सम्मान सहित परिचय कार्यक्रम गरेको हो ।

कार्यक्रममा ज्येष्ठ सदस्यहरु ७७ वर्षीय छत्रबहादुर दर्नाल, ७७ वर्षीय बिष्णुप्रसाद दर्नाल, ७३ वर्षीय दलबहादुर दर्नाल, ८१ वर्षीय धनकबहादुर दर्नाल, ७५ वर्षीय सरीमाया दर्नाल, ७३ वर्षीया धनमाया दर्नाल र ७० वर्षीया मनमाया दर्नाललाई कार्यक्रमका प्रमुख अतिथि छत्रबहादुर दर्नालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिष्ठानको तर्दथ समितिका अध्यक्ष कुमार दर्नालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि छत्रबहादुर दर्नाल, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष जीवन दर्नाल र सदस्य रोशन दर्नाल लगायतले खराङ्गे दर्नालबीचको एकता कायम राख्न सबै दर्नाल बन्धुहरु सबै मिलेर अघि बढ्नु पर्नेमा जोडदिनु भएको थियो ।

झापा, मोरङ्ग र सुनसरीमा बसोवास गरेका दर्नालहरुबीच सद्भाव दर्नालहरुको उत्पत्ति र भाईबन्धुबीच परिचय साथै छलफल भएको सदस्य डिबी दर्नालले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *