दमक, २५ माघ–झापाको दमकमा क्रियाशिल पत्रकारहरुको साझा संस्था पत्रकार मञ्च दमकको कार्यालय व्यवस्थापनका लागि दमक नगर इसाई समाजले एक थान टेवल सहयोग प्रदान गरेको छ । पत्रकार मञ्चको कार्यालयमा आइतबार एक कार्यक्रमबीच दमक नगर इसाई समाजले पत्रकारहरुको कार्यालय प्रयोजनको निम्ति एक थान टेवल सहयोग प्रदान गरेको हो ।
समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाललाई टेवल हस्तान्त्रण गर्नुहुदै सानै भएनी पत्रकारहरुको कार्यालयमा टेवल सहयोग गर्न पाएकोमा खुशीसहित धन्यवाद ज्ञापन व्यक्त गर्नुभयो । अध्यक्ष पाष्टर राईले पत्रकार मञ्च र इसाई समाजबीचको हिजो र आगामी समयमा आपसी सम्बन्धलाई अझै नजिकबाट स्थापित हुनेमा आशा र बिश्वाश रहेको बताउनुभयो ।
हस्तान्त्रण कार्यक्रममा पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य अनिलदेब राई, दमक नगर इसाई समाजका सल्लाहकार पाष्टर राजकुमार राई, पाष्टर महेन्द्र तामाङ र इसाई समाज दमक नगर युवा समितिका अध्यक्ष सुरज लिम्बूको उपस्थिति रहेको थियो । त्यस्तै, सो अवसरमा दमकमा क्रियाशिल बिभिन्न सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पाष्टर राजकुमार राईले पत्रकारहरु समाजका जिम्मेवार नागरिकको रुपमा रहनुपर्ने र वहाँहरुको पेशागत सीप, विकास र अधिकारको पक्षमा आफूहरुको पनि साथ र सहयोग रहिरहने बताउनुभयो ।
अध्यक्ष पाष्टर राईले इसाई समाज सामाजिक र धार्मीक संस्था भएको र यस संस्थाले पनि समाजका असल र सकारात्मक कार्यहरु गर्दै आएको बताउनुभयो ।
