दमक, २५ माघ–मेची उद्योग बाणिज्य संघ मेचीनगरले यस वर्षको आर्थिक पत्रकारिता पुस्कार पत्रकार मनिषा चम्लागाइँलाई प्रदान गर्ने भएको छ ।

संघले गठन गरेको पुरस्कार छनोट समितिको आज बसेको बैठकले यसवर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार चम्लागाइँलाई प्रदान गरिने निर्णय गरेको हो । चम्लागाइँ कारोबार दैनिकको झापा सम्वाददाताका रुपमा कार्यरत छन् ।

सात वर्षदेखि पत्रकारितामा सक्रिय चम्लागाई तीन वर्षदेखि कारोबार दैनिकमा कार्यरत छन् । शिक्षामा स्नाकोत्तर अध्ययनरत चम्लागाइँ आर्थिक बीटबाट पत्रकारिता गर्दै आएकी छन् ।

उनलाई संघको यही माघ २७ गते धुलाबारीमा हुने साधारणसभाका अवसरमा १५ हजार राशीको पुरस्कारसहित सम्मान गरिने भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *