काठमाडौं, २६ माघ–कप्तान लियोनल मेस्सीको प्रभावमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालको छ ।
आइतबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । बेटिसको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।
खेलको ३८ औं मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा मेस्सी बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
६८ औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–१ गोलको अग्रता बनायो ।
७५ औं मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २–२ गोलको बराबरीमा ल्याए ।
८७ औं मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । पराजित बेटिस ३० अंक जोडेर सातौं स्थानमा छ ।
