काठमाडौं, २६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ओली बा’ समूह खोल्न सुझाव दिएका छन् ।
आज (सोमबार) एकीकृत अखिल नेपाल शिक्षक महासंघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले ओलीलाई पार्टीबाट निष्कासन गरिसकेकाले ओलीको नेकपासँग कुनै सम्बन्ध नरहेको बताए ।
‘ओलीको नेकपासँग कुनै सम्बन्ध छैन । खोल्नै रहर छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ’, उनले थपे, ‘नेकपा मन परेको छैन भने समाजवादी, जनवादी, ओलीवादी समूह खोले पनि हुन्छ । ओली’ बा समूह खोले सबैभन्दा राम्रो । ओली बा मन पराउने उतै जान्छन् ।’
कार्यक्रममा नेपालले ओलीसँग आसेपासे र भक्ति गर्ने मात्र रहेको बताए । ओली समूहमा उनका साइबर सेना मात्रै रहेको नेपालको भनाइ छ । उनले आफ्नो समूह नै आधिकारिक भएकाले सूर्य चिन्ह् आफ्नै समूहले पाउने दाबी गरे ।
