काठमाण्डौं, २६ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ केपी ओलीसँग नभई ‘केपी प्रवृत्ति’विरुद्ध भएको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले नेकपासँग ओलीको कुनै सम्बन्ध नरहेको बताए ।

ओली समूहलाई चोइटिएको समूहको संज्ञा दिँदै ‘ओली बा समूह’ खोल्न सुझाब दिए । उनले विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरे पनि पुरानै शैलीमा हिँड्ने बानी कायमै रहेकाले ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको आरोप लगाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *