बिर्तामोड, २७ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पत्रकारले आज बिर्तामोडमा प्रतिगमनका विरुद्ध पर्दशन गरेका छन् ।
प्रेस युनियन र प्रेस संगठन झापाको आयोजनामा प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको विरुद्ध प्रदर्शन र कोणसभा गरेका हुन् । केन्द्रमा संयुक्त आन्दोलन नभए पनि झापामा पहिलो पटक संयुक्त आन्दोलन भएको हो ।
प्रदर्शनमा प्रेस स्वतन्त्रता जिन्दावाद, लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारासहित विर्तामोड परिक्रमापछि कोणसभा गरेका थिए । कोणसभाका वक्ता पत्रकारले प्रधानमन्त्री ओलीलाई तानाशाह बन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
नेपाली सञ्चारकर्मीले हरेक राजनैतिक परिवर्तनमा दर्विलो र ऐतिहासिक योगदान पुर्याएको स्मरण गरेका पत्रकारले झापाबाट थालिएको आन्दोलन देशव्यापी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतान्त्रिक आन्दोलनको विरुद्ध रहेको बताए । उनले प्रधानमन्त्री ओली संसद विघटन गर्ने कार्य अरु कसैको इशारामा गरिएको बताए । उनले ओली नचाउने अरुनै मदारी रहेको बताए ।
महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले झापाका पत्रकार ओलीका हनुमान मात्र नभएको बताए । झापाली सचेत पत्रकारले ओली आलोकतापन्त्रक कदम अन्त्य गरेरै उद्घोष गरे ।
कोणसभामा प्रेस संगठनका प्रदेश–१ अध्यक्ष राजन केडी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, फोनिजका प्रदेश १ इन्चार्ज दिपीन राई, प्रेस संगठन प्रदेश सदस्य सुब्रत न्यौपाने, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी लीला अनमोल, इन्द्रसिंह राजवंशी लगायतले प्रदर्शनमा ऐक्यवद्धता जनाएका थिए ।
प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षता र नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले गरेकी थिइन् ।
