काठमाडौं, २७ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–माधव समूह) ले अन्तराष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई पछिल्लो अवस्थाको बारेमा ब्रिफिङ गरेका छन् ।

नेकपाले नेपालस्थित अन्तराष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरुलाई नेकपाले सञ्चालन गरीरहेको आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बारेमा ब्रिफिङ गरेको हो ।

मंगलबार नेकपाका अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमपछि उत्पन्न समस्या बारेमा ब्रिफिङ गरेको केन्द्रीय कमिटि सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

ब्रिफिङमा दुबै अध्यक्षले प्रधानमन्त्री ओली शान्ति, संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था विरुद्ध उभिएको बताए । आफूहरुले शान्ति, संबिधान र व्यवस्थाको रक्षाको निम्ती आन्दोलन जारी राखेको भन्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको पनि साथ रहेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *