बागलुङ, २७ माघ–नेकपा नेतृ रामकुमारी झाँक्रीले राजाको निरंकुशताविरुद्ध लडेकोले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्न नछाड्ने बताएकी छन्। उनले संविधानलाई कागजको खोस्टो बनाउनेविरुद्ध निरन्तर संघर्ष गर्ने समेत बताइन्।

नेकपाको दाहाल–नेपाल समूहले मंगलबार बागलुङमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा झाँक्रीले यस्तो बताएकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन च्यात्ने तर जनता र कार्यकर्ताले बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठ्न खोजेको समेत बताइन्।

नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षता, सचिव ज्ञामनाथ गैरेको संचालन र कार्यालय सदस्य लालबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज बलावती शर्मा, प्रदेश कमिटीका सदस्यहरु श्रीप्रसाद शर्मा, हीराबहादुर केसी र चन्द्रबहादुर बुढाले पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरेका थिए।

भेलामा नेकपा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भूसाल, देवेन्द्र पौडेल लगायतले पनि सम्बोधन गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *