बागलुङ, २७ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीको एकता जोगाउन नसकेकोमा कार्यकर्तासँग माफी मागेका छन्।

पार्टीको एकता जोगाउन पटक पटक भएका प्रयास असफल भएपछि संविधानको मर्मविपरीत संसद विघटन हुँदा पार्टीको एकता गम्भीर संकटमा परेको पौडेलको भनाइ थियो।

‘भदौ २६ को स्थायी कमिटीको बैठक र बैठकले बनाएको कार्यदलले तयार परेको दस्तावेजलगायत प्रयास पार्टी जोगाउनका लागि थिए’, पौडेलले भने, ‘प्रधानमन्त्रीले निरन्तर विधि, पद्धति तथा पार्टीका निर्णयलाई कुल्चिएकाले अहिलेको अवस्था आयो, माफ गर्नुहोला पार्टीको विधि र असंवैधानिक कदमका कारण हामीले पार्टी जोगाउन सकेनौं।’

मंगलबार नेकपा बागलुङले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बागलुङमा सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्रीले गरेका सबै निर्णयमा १५ मिनेटमै राष्ट्रपति कार्यालयबाट स्वीकृत हुनु आश्चर्यको भएको बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *