बिर्तामोड, २९ माघ–साहित्यकार भगवती ढुङ्गेलद्धरा लिखित उपन्यास प्रेम कुण्डको विमोचन गरिएको छ ।
लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडको आयोजनामा बुधबार बिर्तामोडस्थित संरगम संगीतालयको भवनमा एक कार्यक्रमकाबीच उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्य शुभत्रा भट्टराई, लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष लीला मैनाली, ल्यान्सका एलसी आइ एफ डिस्ट्रक कोडिनेटर लीला चिमरीया, गितकार तथा संगितकारद्धय शिवशंकर थापा, देबीभक्त श्रेष्ठ, साहित्यकार तथा प्रगतिशिल लेखक संघका केन्द्रिय सल्लाहकार सरोज ओली लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष लिला मैनालीको अध्यक्षता तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष पार्वता गिरीले स्वागत गरेकी थिइन् ।
प्राध्यापक लक्ष्मी पौडेलले उपन्यास ‘प्रेमकुण्ड’को समीक्षा गरेको सोहि कार्यक्रममा साहित्यकार पर्शुराम तिम्सीनालाई सम्मान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रहेकी नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य शुभत्रा भट्टराईले लेखनवृतिमा महिलाहरुको रुचि बढ्दै गएको र पुस्तकका माध्यमबाट महिलाहरुले समाज रुपान्तरमा उल्लेखनीय सहयोग पुर्याएको विचार राखेका थिइन् । साथै उनले साहित्यकार ढुंगेलले साहित्यिक कृति प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् ।
त्यस्तै, लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडकी अध्यक्ष लीला मैनालीले सधैं घर चौकामा मात्र सिमित रहंदै आएका महिलाहरु पछिल्लो समय लेखनवृतिमा समेत अग्रसर हुंदै गएको बताउंदै कार्यक्रममा महिलाहरुको क्षमता र हौसला प्रदान गर्नकालागि स्मार्ट लेडी सदैव अग्रसर हुने धारणा राखेकी थिइन् ।
मोडल जनक खड्काले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडकी सहसचिव संगीता गिरीले गरेकी थिइन् ।
साहित्यकार ढुङ्गेलका आधा सत्य उपन्यास, प्रेमिल उपन्यास, देश र आमा कवीता , गित र मुक्तक संगालो लगायतका कृतिहरु प्रकाशित भइसकेका छन् ।
