एजेन्सी, ७ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ। शनिबार भएको खेलमा आर्सनल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

तर, खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १९१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको इन्जुरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए। आर्सनलको यो लगातार दोस्रो हार हो। यस अघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो। यस्तै गएराति नै भएका अन्य खेलमा वेष्ट ह्‍याम उल्फसँग पराजित भएको छ।

त्यस्तै, क्रिष्टल प्यालेसले एएफी बर्नमन्थलाई हराएको छ। यसैगरी, वार्टफोर्ड र लेस्टर सिटीले एक एकको बराबरी खेलेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *