दमक, ३० माघ–नेपाल प्रेष युनियन माइपश्चिम क्षेत्रीय समिति दमक झापाले आज बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारहरुबीच भेटघाट, अन्तरक्रिया र मनोरञ्जन गर्ने उदेश्यले प्रेष युनियले प्रत्येक बर्ष बनभोज कार्यक्रम आयोजना गर्ने गरेको छ ।

इलामको चुलाचलीस्थित चपेटीमा आयोजित बनभोज कार्यक्रममा युनियनका केन्द्रीय सदस्य समेत रहनुभएका पत्रकार महासंघ झापाका पुर्वअध्यक्ष तथा अग्रज पत्रकार गोविन्द चन्द्र क्ष्ँोत्रीले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीले पत्रकारहरु बैचारिक रुपमा आ–आफ्नो राजनीतिक आस्थामा रहेपनि पत्रकारितामा त्यसको राजनीति पार्टीको आस्था देखिन नहुने बताउनुभयो । पत्रकारहरुले आफ्नो पेशा वा व्यवसायप्रति सधै संचेत र जिम्मेवार रहेर काम गर्नुपर्ने बताउनुहुदै हाल नेपालको तीनै तहका सरकारको प्रतिपक्षको भूमिका खेल्न पत्रकारको मुख्य धर्म हो, क्षेत्रीले भन्नुभयो ।

युनियन माईपश्चिम क्षेत्रीय सभापति बिष्णु आङदम्बेको अध्यक्षतमा कार्यक्रम भएको थियो । सो कार्यक्रममा पत्रकार महासंघ झापाका पुर्वअध्यक्ष कृष्ण हुमागाई, पत्रकार महासंघका अध्यक्ष तारामणी सापकोटा, आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का इन्चार्च दिपिन राई, पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पत्रकार महासंघ प्रदेश १ का सदस्य रेजिना गौतम, प्रेष युनियन झापाका सभापति इन्दु पुर्वेली, प्रेष संगठन नेपाल झापाका अध्यक्ष मुक्ति गुरागाईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तैं, कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख रोहित शाह, गौरिगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, नेपाली काँग्रेस दमक नगर सचिव प्रकाश प्रसाई, उद्योग बाणिज्य संघ गौरादहका पुर्वअध्यक्ष जीवन राई, लाइफ लाइन अस्पताल दमकका सञ्चालक राजकुमार भट्टराई, एडभान्स हस्पिटल दमकका सञ्चालक चैतन्य बराल लगायतको उपस्थिति रहेको थियो । बनभोज कार्यक्रममा भद्रपुर, काकडिभिट्टा, अर्जुनधारा, कनकाई, शिबसताक्षी, गौरिगञ्ज, गौरादह र दमकका क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

सोही, कार्यक्रमको अवसर पारेर कमल गाउँपालिका वडा नं ६ की राधादेबी साहको उपचारमा रु ६ हजार ५ सय सहयोग हस्तान्त्रण गरिएको छ । कमजोर आर्थिक अवस्थाकी शाहको स्तर क्यानसर भएको छ । उनको आर्थिक अभावमा उपचार हुन सकिरहेको छैन् । उक्त सहयोग रुपैया राधादेशी साहका श्रीमान मंगलचन्द्र साहलाई युनियनको तर्फबाट बिष्ण्आङदम्बे, नगेन्द्रमणी न्यौपाने, गिरीराज भट्टराई लगायतले हस्तान्त्रण गरिएको थियो ।

बनभोज कार्यक्रम संयोजक नरेन्द्र न्यौपानलेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रेष युनियन झापाका उपसभापति गिरीराज भट््टराईले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *