काठमाडौं, ३० माघ–शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिए । जोशी दम्पतीले किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरीपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरेका हुन् । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए ।

घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिएर राम्रो काम गरेको बताए । ूउहाँले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकाले सबैको गौरव, प्रेरणा र आदर्श रहेको छ,ू मेयर महर्जनले बताए ।

महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पुर्‍याउने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताए । शताब्दी पुरुष जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उनको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *