शिबगञ्ज, ३० माघ–देशभरीमा उत्कृट सहकारी संस्था सहारा नेपालको झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित सेवा केन्द्रले आफ्नो शेयर सदस्यको मृत्यु पश्चात दुई अलग–अलग परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सहारा नेपालको शिबगञ्जस्थित कुमुदिनी सेवा केन्द्रमा एक कार्यक्रमबीच शिबसताक्षी–४ निवासी शेयर सदस्य स्वर्गीय तुलशीराम संग्रौलाको परिवार र शिबसताक्षी–६ का स्वर्गी कृष्णप्रसाद बस्नेतको परिवारलाई राहत वापत आर्थिक सहयोग प्रदान गरेको हो ।
शिबगञ्जस्थित जन आदर्श माध्यमिक बिद्यालयका शिक्षक एबम् सहारा नेपाल शिबगञ्ज सेवा केन्द्रका दिनेश श्रेष्ठका अनुसार संस्थाका शेयर सदस्य स्वर्गीय संग्रौलाको परिवारलाई रु १ लाख ९० हजार र स्वर्गीय बस्नेतका परिवारलाई रु २ लाख २० हजार राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको हो ।
सेवा केन्द्र सहयोग उपसमितिका संयोजक बिमल बस्नेतको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । सो कार्यक्रमको औचित्य माथि सेवा केन्द्रका प्रमुख गौरब पोख्रेलले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा शिबसताक्षी–६ का वडा जनप्रतिनिधि बद्रीनाथ खनालको उपस्थिती रहेको थियो ।
आर्थिक सहयोग प्रदान पश्चात राहत प्राप्त गर्नुहुने शेयर सदस्यको परिवारका तर्फबाट मन्तव्य राखिएको थियो । कार्यक्रमको व्यवस्थापन अनिल भट्टराईले गर्नुभएको थियो । सहयोग उपसमितिकी सदस्य गोमा रिजालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन बिश्वनाथ अधिकारीले गर्नुभएको थियो ।
