झिलझिले, ३० माघ–युवा युवतीहरुको निम्ति एउटा बिशेष दिन हो, ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ । नेपालीमा ‘प्रणय दिवस’ अर्थात ‘प्रेम दिवस’ भनेर बुझेपनि अंग्रेजीमा यसलाई हामी ‘भ्यालेन्टाईन डे’ भनेर भन्ने गर्दछौं । यो दिन अर्थात यो दिवस १४ फेब्रअरी नेपालीमा २ फागुनमा पर्दछ ।

यहि दिनको अवसर पारेर झापाको झिलझिलेस्थित आन्छी क्याफे एण्ड वारले भ्यालेन्टाईन स्पेशल डान्स पार्टी र लाइभ म्युजिक हुने भएको छ । हाम्रो नेपालमा मात्रै होइन, विश्वभरका युवा–युवतीहरुले मायाँ प्रेम साटासाट गर्न यो दिवसलाई पर्खेर बसेका हुन्छन् । यहि माया प्रेम साटासाट गर्ने दिवसमा झिलझिलेस्थित आन्छी क्याफे एण्ड वारमा काठमाण्डौंबाट चर्चित डिजे जानु गुरुङ आउने भएका छन् ।

आन्छी क्याफे एण्ड वारका सञ्चालक दिपक मेन्याङ्बो (बिकेन) का अनुसार सोही दिवसको साँझमा आन्छी क्याफे एण्ड वारले आफ्ना ग्राहक तथा शुभेच्छुकहरुको मनोरञ्जनका निम्ति भ्यालेन्टाईन स्पेशल डान्स पार्टी र लाइभ म्यूजिक गर्ने भएको हो ।

खासगरी, ‘प्रेम साटासाटको दिनमा म्यूजिक मार्फत आफ्ना प्रेमी प्रेमिकाहरुबीच मनोरञ्जका निम्यि कार्यक्रम आयोजना गरिएको हो,’ सञ्चालक बिकेनले भने । बिकेनका अनुसार पूर्वको सुन्दर नगरी धरानबाट चर्चित ब्याण्ड डिल्ली फोम्बो एण्ड द ब्याण्डको प्रस्तुती रहने छ ।

यसअघि, आन्छी क्याफे एण्ड वारमा देश–बिदेश र मोफसलका गायक गायीकाहरुले आ–आफ्नो प्रस्तुतीहरु प्स्तुत गरिसक्नुभएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *