काठमाडौं, १ फागुन–इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनका लागि १८ फेब्रुअरी मा चेन्नईमा अक्सन हुँदै छ। जहाँ बिसिसीआइले २९२ खेलाडी अक्सनका लागि सर्ट लिस्ट गरेको छ।
१६४ भारतीय खेलाडी रहँदा विदेशी कोटामा १२८ खेलाडीको सर्ट लिस्ट गरिएको छ। जसमा अस्ट्रेलियका सर्वाधिक ३५ खेलाडीको नाम समावेश छ। अस्ट्रेलियाबाहेक दोस्रो धेरै खेलाडी समावेश गर्ने देश न्युजिल्यान्ड बनेको छ।
न्युजिल्यान्डका २० र वेस्टइन्डिजका १९ खेलाडीको नाम समाबेस गरिएको छ। सर्वाधिक कम नेपाल, अमेरिका र युएइका समान १९१ खेलाडीले अक्सन लिस्टमा नाम अटाएको छ।
कप्तान समालेका स्मिथ पनि अक्सनमा
जारी सिजनको अक्सनमा सर्वाधिक चासोका रुपमा स्टिव स्मिथलाई हेरिएको छ। अस्ट्रेलियाका खेलाडी स्मिथ, ग्लेन म्याक्सवेल, एरोन फिन्च, मेथ्यु वेडलगायत दिग्गज खेलाडी लिस्टमा छन्।
स्मिथ राजस्थान रोयल्सका कप्तान रहिसकेका छन्। जसको मुल्य १२।५ करोड भारतीय रुपैयाँ रहेको थियो। टिमले यो पटक उनलाई रिलिज गरेको छ। उनको बेस प्राइस २ करोड रहेको छ।
१० खेलाडीको बेस प्राइस २ करोड
सर्ट लिस्टमा १० खेलाडीको बेस प्राइस नै २ करोड छ। जसमा भारतका हरभजन सिंह तथा केदार जाधव रहँदा अन्य सबै ८ खेलाडी विदेशी छन्। यो लिस्टमा म्याक्सवेल र स्मिथसँगै इंगल्यान्डका मोइन अली, सेम विलिंग्स, लियाम प्लंकेट, जेसन रोय, तथा मार्क वुड रहेका छन्।
साथै बंगलादेशका अलराउन्डर शकिब अल हसनले पनि आफ्नो बेस प्राइस २ करोड तोकेका छन्।
