काठमाडौं, १ फागुन–जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता अशोक राईले जनताको आन्दोलनबाट प्राप्त उपलब्धीहरुमाथि प्रतिगमन भएको बताएका छन् ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै राईले नेपालमा हतियाररहित जनयुद्ध आजको दिनमा पनि आवश्यक रहेको बताए ।

तत्कालीन माओवादी नेतृत्वको सशस्त्र संघर्ष बम र बारुदको जस्तो मात्रै नभएर विचार, सिद्धान्तको भएको राईको भनाइ थियो । ‘जनयुद्ध बम र बारुदको मात्रै रहेनछ, बाहिरबाट हेरे जस्तो । विचार, सिद्धान्तको युद्ध पनि रहेछ । त्यो युद्ध अहिले पनि जारी छ,’ उनले थपे, ‘जनयुद्ध आज पनि जारी राख्नुपर्ने आवश्यकता छ । अहिले देश द्वन्द्वमा जाने स्थिति छ ।’

अहिले मुलुकमा भइरहेका प्रदर्शन झण्डा देखाउन मात्रै नभएको उनले बताए । ‘अहिले सडक आन्दोलित भएको झण्डा प्रदर्शन गर्नलाई मात्रै होइन । आज प्रतिगमन भएको छ,’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *