अनिलदेब राई/धरमपुर (शिबसताक्षी), १ फागुन–झापाको शिबसताक्षी-१ धरमपुरमा जारी नक आउट फुटबल प्रतियोगीताको ट्रफी आयोजक टिम फुलबारी सेवा संगम क्लबले चुमेको छ । धरमपुरको फुलबारी खेल मैदानमा शनिबार सम्पन्न प्रतियोगीतामा आयोजक टिमका जर्सी नम्बर २१का खेलाडी याम खेबाले खेलको ३०औ मिनेटमा निर्णायक गोल गरेका थिए ।

खेलमा आयोजक टिम फुलबारी सेवा संगम क्लब र धरमपुर स्पोटिङ क्लब आमने-सामने हुँदा १-०को अन्तरले आयोजक टिम बिजय भएको थियो ।

फाइनल खेलमा बेस्ट डिफेन्डर सुमन मावो आयोजक टिमबाट घोषित भएका छन् । आयोजक टिमबाटै उत्कृष्ट गोलकिपर सन्जोक शेर्मा, सर्वाधिक गोलकर्ता अभिशेक गुरुङ, उत्कृष्ट खेलाडी करण मगर, उत्कृष्ट मिडफिल्डर हरी खड्का र मेन अफ द म्याच धरमपुर फुटबल क्लबका रजिन माझी घोषित भएका थिए ।

विजेता टिमले रु ३० हजार नगद  ट्रफी, कप, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् भने उप विजेता धरामपुर स्र्पोटिङ क्लबले रु २० हजारमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा उत्कृष्ट र पुरस्कृत खेलाडीहरुलाई प्रदेश १ का सदस्य माननीय सांसद झलकसिंह दर्लामी मगरले विजेता र उप-विजेतालाई पुरुस्कार तथा ट्रफी र प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका  सांसद दर्लामीले विजेता र उप-विजेतालाई धन्यवाद ज्ञापन गर्दै खेल क्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारले सहयोग गरिरहेको बताएका छन् ।

खेलकुदमा अनुशासन राष्ट्रिय संवृिद्धमा युवा परिचालन भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रम फुलबारी सेवा संगम क्लबले आयोजना गरेको हो भने खेलको मुख्य प्रायोजन शिवसताक्षी नगरपालिका र सह-प्रायोजन शिवसताक्षी नगरपालिका वडा नं १ ले गरेको हो ।

क्लबका अध्यक्ष दिलबहादुर लिम्बूको अध्यक्षतामा पुरुस्कार बितरण कार्यक्रममा शिबसताक्षी-१ वडा जनप्रतिनिधि मनकुमार श्रेष्ठ, धरमपुरका युवा नेता तथा सामाजिक अगुवा दुर्गा नेम्बाङ, प्रतियोगिता आयोजक क्लबका उपाध्यक्ष एबम् कार्यक्रम संयोजक प्रेम शेर्मा, कुमार संखर लगायतको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *