दमक, १ फागुन–गणतन्त्र प्राप्तिको आन्दोनलको क्रममा साहदत प्राप्त गरेका सहिदहरुको सम्झनामा झापामा २६औँ जनयुद्ध दिवस मनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले झापाको दमक, सुरुङ्गा, बिर्तामोड, भद्रपुर र काकडिभिट्टामा दिप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएको हो ।

“२६औं महान जनयुद्ध दिवस आन्दोलनकै जगमा मनाऔ !!,
प्रतिगमनकारि कदमको विरुद्धमा आन्दोलनको ज्वारभाटा श्रीजना गरौं !!
भन्ने मुल नाराका साथ जनयुद्ध दिवश मनाइएको हो ।

दमकमा आयोजित कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य गगन पुरी, दमक नगर कमिटि सचिव तीर्थ बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

त्यस्तैं, यता कनकाई नगरपालिाको सुरुङ्गामा क्षेत्र नं ४ ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय सांसद समेत रहनुभएका नेकपा प्रदेश कमिटि सदस्य झलकसिंह दर्लामी मगर, पुर्वसांसद नारायणसिंह राजवंशी, पार्टीका झापा सचिव मणिकुमार साङपाङ राईसहित शिबसताक्षी नगर, कनकाई नगर, झापा गाउँ कमिटिका अगुवा नेताहरुको सहभागिता रहेको थियो ।

तत्कालिन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गरेको दिनलाई हरेक वर्ष जनयुद्ध दिवश मनाइने गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *