दमक, ३ फागुन–दुवै मृगौला खराव भएका झापा, कमल गाउँपालिका–४ मिलडाँडाका ७ बर्षिय चेतवहादुर (एलन) नेम्बाङको उपचारमा सघाँउ पुरयाँउन वेलायतमा बस्दैआएका नेपालीहरुले एक लाख ५० हजार वढी आर्थिक सहयोग उपलव्ध गराएका छन् ।

नेम्बाङ कल्याण समाजको पहलमा वेलायतमा बस्दैआएकी चुनौती नेम्बाङ लुङफूङवा र पालमविद सुर्वण नेम्बाङले ५१ जना दातावाट संकलित रु १ लाख ५८ हजार २ सय ७३ रुपैया पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

आज पीडितको घरैमा पुगेर समाजका केन्द्रीय अध्यक्ष भिम नेम्बाङसहितको टोलीले विरामीका बुबा कृष्ण र आमा हिमाकुमारीलाई हस्तान्तरण गरिएको समाजका केन्द्रीय सचिवालय सदस्य सागर नेम्बाङले वताए । आफना समुदायहरुको सुखदुखमा यस संस्था सधै क्रियाशील भएको वताउदै अध्यक्ष नेम्बाङले यस्ता सहयोग कार्य निरन्तर रहने वताए ।सहयोग हस्तान्तरण कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष बन्दना नेम्बाङ लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

पाँचथर रानीटार निवासी नेम्बाङ तीन वर्षदेखि परिवारसहित कमल-४ मिलडाँडामा बस्दैआएका छन् । विरामीका वुवा कृष्णका अनुसार एकवर्ष देखि दुवै मृगौलामा समस्या आएको हो । छोराको उपचारमा हालसम्म २८ लाख बढी खर्च भईसकेको छ भने हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको उनले वताए ।

स्थानीय वर्णमाला पाठशालामा अध्यननरत उनको उपचारमा स्वदेश तथा विदेशबाट समेत २० लाखका हाराहारीमा सहयोग रकम जुटेको उनले जनाएका छन् । आर्थिक अवस्था कमजोर भएका नेम्बाङ परिवारले विरामी छोराको उपचारमा सहयोग पुरयाईदिन याचना गरिआएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *