काठमाडौं, ७ असार–सरकारले भदौसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार पुग्‍नसक्ने अनुमान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको संक्रमणको दर हेर्दा भदौसम्ममा नेपालमा संक्रमितको संख्या बढ्ने अनुमान गरेको हो। संक्रमित बढेसँगै त्यसअनुसार तयारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिएपछि मन्त्रालयले तयारी अगाडि बढाएको छ।

हालसम्म भाइरसको प्रकृति हेर्दा संक्रमण भएकामध्ये २० प्रतिशतलाई मात्र अस्पताल भर्ना गरेर राख्‍नुपर्ने र भर्ना भएका बिरामीमध्ये पनि ५ प्रतिशत आइसियुमा राख्नुपर्ने अवस्था आउने मन्त्रालयको आँकलन छ। आइसियुमा भर्ना भएकामध्ये २ प्रतिशतलाई भेन्टिलेटरमा राख्‍नुपर्ने हुँदा त्यहीअनुसार २ हजार बिरामीलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार दिने क्षमता रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय देशभर करिब ४०० भन्दा बढीको संख्यामा संक्रमितहरू थपिने गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *