काठमाडौं, ५ फागुन–नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भएको छ । यही फागुन ७ देखि १० गतेसम्म हुने गरी गत वर्षको पुस ११ मा तय भएको महाधिवेशन उद्घाटनको दुई दिनअघि मात्र ६ महिना पछि सार्ने प्रस्ताव गरिएको हो ।
कांग्रेसको विधानअनुसार महाधिवेशन प्रत्येक ४ वर्षमा गर्नुपर्छ । तर नियन्त्रणबाहिरको परिस्थिति आएको अवस्थामा भने पटक(पटक गरी बढीमा एक वर्षसम्म सार्ने सक्ने व्यवस्था छ । तर, गत वर्ष पुस ११ मा बसेको केन्द्रीय समिति बैठकले फागुनसम्म महाधिवेशन गर्न नसकिने र त्यही अवस्थालाई नियन्त्रणबाहिरको परिस्थिति ठहर गर्दै केन्द्रीय समितिको म्याद एक वर्ष थप गरेको थियो ।
आगामी १९ गतेदेखि कांग्रेसको विधानले तोकेको पाँच वर्षको म्याद सकिने भएकाले विधानको दफा निलम्बन गरी महाधिवेशनको मिति २०७६ भदौ ७ देखि १० गते सम्मका लागि प्रस्ताव गरिएको हो ।
