काठमाडौं, ५ फागुन–चौबीस घण्टामा कोरोना (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या शून्य छ । यसअघि सोमबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५५ पुगेको थियो ।

विगत चौबीस घण्टामा तीन हजार ८३८ जनाको पीसीआर परीक्षण गरिएकामा १२५ जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ ।

त्यस्तै चौबीस घण्टामा ९१ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७२ जना छन् भने आइसोलेसनमा एक हजार ६२१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *