काठमाडौं, ६ फागुन–अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज सर्वोच्च अदालत पुगेका छन् ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नहुनुपर्ने हो ? जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । प्रधानमन्त्री ओली आज लिखित जवाफ लिएर आफैँ सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अवहेलना भएकाले हदैसम्मको कारबाही माग गर्दै रिट परेको थियो । उनले विघटनको विरुद्धमा बहस गरिरहेका कानुन व्यवसायीलाई ‘बाजे वकिल’ र ‘तमासा’ भनेको विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *