काठमाडौं, ६ फागुन–ग्रिसका स्टेफानोस टित्सीपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्।

विश्व नम्बर दुई स्पेनिस टेनिस स्टार राफेल नाडाललाई प्रतिष्पर्धात्मक सेटमा स्तब्ध पार्दै युवा खेलाडी स्टेफानोसले अन्तिम चारमा स्थान बनाए। नेपाली समय अनुसार बुधबार साँझ भएको खेलमा स्टेफानोसले ३-६, २-६, ७-६, ६-४ र ७-५ को सेटमा नाडाललाई पराजित गरे।

सुरुका दुई सेट ६-३ र ६-२ ले सजिलै जितेका नाडाल त्यसपछिका लगातार तीन सेट ७-६, ६-४ र ७-५ ले गुमाउन बाध्य भए। २२ वर्षीय स्टेफानोस ग्रान्डस्लाम टेनिसमा तेस्रो पटक सेमिफाइनल पुगेका हुन्।

यसअघि सन् २०१९ मा अस्ट्रेलियन ओपन र सन् २०२० मा फ्रेन्च ओपनमा पनि उनी सेमिफाइनल पुगेका थिए। ३४ वर्षीय नाडाल सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी बन्ने प्रयासमा रहेका छन्। अहिले नाडाल र रोजर फेडेररको नाममा समान २०-२० ग्रान्डस्लाम उपाधि रहेको छ।

३९ वर्षीय फेडेररले सन् २०२० को अस्ट्रेलियन ओपन यता खेलेका छैनन्। विम्बल्डनका पछिल्ला लगातार चार संस्करण जितेका नाडाललाई अब एकल कीर्तिमान बनाउन अर्को ग्रान्डस्लामसम्म प्रतिक्षा गर्नु पर्ने छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *