गोविन ल्वागुन/शिबसताक्षी (झिलझिले), ६ फागुन–तेस्रो शिबसताक्षी मेयर कप खेलकुद यहि फागुन १७ गतेबाट संचालन हुने भएको छ । प्रतियोगिताको बारेमा आज नगरपालीकाको कार्यलयमा नगरखेलकुद बिकास समितिले पत्रकार सम्मेलन गरि जानकारी गरएको हो ।

प्रतियोगिता बिभिन्न ८ बिधामा १७ वटा खेल संचालन हुने बताइएको छ । जस अनुसार फुटबल, भलिबल, क्रिकेट, बुद्धिचाल, ब्याडमिन्टन, कबडी, कराँते र एथलेटिक्सका खेलहरु हुनेछ । प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ ।

खेलमा फुटबल बिधाका बिजेताले ७५ हजार, भलिबलले ५०हजार, क्रिकेटले ५० हजार, कबडीले १५ हजार, ब्यडमिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङगलले ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन् ।

भलिबल, शिबसताक्षी ३ पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ । त्यसैगरी, क्रिकेट झिलझिलेमा, कराँते माइधारमा, कबडी माइधार, चेस दुधेमा र एथलेटिक्स ब्याङडाँडामा हुने छ । उक्त प्रतियोगिताको समापन फागुन २८ गते हुनेछ ।

शिबसताक्षी नगरपालीकाको प्रथम नगर सभाबाट नगरलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने उदेश्का साथ शिबसताक्षी मेयर कप सुचारु भएको हो । यस अघिको मेयर कपबाट नगरले बिभिन्न राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरि सकेको छ ।

हालसम्म फुटबलतर्फ अन्डर १३ मा देब मल्लिक, अन्डर १४ निकेश श्रेष्ठ, अन्डर १८ मा संजित राई छनौट भइसकेका छन । त्यसैगरि, प्रदेश स्तरिय खेलमा एथलेटिक्सबाट निशा माझी, भलिबलमा सुजन रिजाल, क्रिकेटमा सजन थपलीय छनौट भइसकेको नगर खेलकुद बिकास समितिले जनाएको छ ।

अर्थिक बर्ष ०७६।०७७ मा हुनुपर्ने तेस्रो मेयरकप कोभिड १९ (कोरोना भाइरस) को प्रकोपकोको कारण हुननसके पछि आर्थिक बर्ष ०७७।०७८ मा हुन लागेको हो । तेस्रो मेयरकप खेलकुद संचालन गर्न नगर खेलकुद बिकास समिति मार्फत चालु आर्थिक बर्ष ०७७।०७८ का लागी १५ लाख रकम बिनियोजिन भएको छ ।

त्यसैगरि, सोही अवसरमा नगर कप खेलकदुलाई सफल बनाउन नगरका ११ वटै वाडाको खेलकुद वडा समितिलाई बिधागत खेलकुद समाग्रि प्रदान गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *