काठमाडौँ, ६ फागुन–नेकपा प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न नागरिकतासहित काठमाडौँ आउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ ।

केन्द्रीय सदस्यलाई सक्कल नागरिकतासहित काठमाडौँ आउन बिहिबार उर्दी जारी गरेको हो । आयोगले नेकपाको आधिकारिकता सम्बन्धी निर्णय गर्न ढिलाई गरेपछि प्रचण्ड-नेपाल पक्षले सक्कल नागरिकतासहित बहुमत केन्द्रीय सदस्य शशरीर उपस्थित गराउन काठमाडौँ बोलाएको हो ।

प्रचण्ड नेपाल पक्षले दबाब दिने उद्देश्यले नागरिकतासहित आयोग जाने भएको छ । पार्टीका एक नेताका अनुसार सक्कल नागरिकता लिएर निर्वाचन आयोगमा जान बोलाइएको बताए । उनले भने, आयोगलाई दबाब र सहयोग गर्ने उद्देश्य हो ।

निर्वाचन सम्बन्धी ऐनमा बहुमत केन्द्रीय सदस्य जता हुन्छन् त्यही समूहलाई आधिकारिकता दिने व्यवस्था भएपनि आयोगले प्रचण्ड नेपाल पक्षलाई आधिकारिकता दिन आलटाल गर्दै आएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *