दमक, ७ फागुन–स्थापना भएको छोटो समयमै सफल र उत्कृष्ट व्यवसाय गर्ने आइएमई लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखा अन्तर्गत अभिकर्ताहरुद्धारा आज एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।
दमक-४ को कृष्ण मन्दिर चौकस्थित होटल नर्बदामा आइएमई लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखाका अभिकर्ताहरुद्धारा एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेका हुन् ।
कार्यक्रममा कम्पनीका दमक शाखा प्रमुख देबेन्द्र कोइरालाले व्याक्तिगत अभिकर्ता कोडमा उत्कृष्ट व्यवसाय हासिल गर्ने सिनियर एजेन्सी मेनेजर शुरेश राई, रुपा सेलिङ र मनु साङपाङ राईलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यस्तैं, दमकस्थित कम्पनीको शाखा कार्यालयमा एजेन्सी मेनेजर भएर व्याक्तिगत कोर्डमा व्यवासय गर्नुहुने दुई दर्जन बढीलाई सम्मान गर्नुभएको थियो ।
सिनियर एजेन्सी मेनेजर शुरेस राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सम्मानीत एजेन्सी मेनेजरहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका दमक शाखा प्रमुख कोइराला र आयोजकको तर्फबाट सिनियर एजेन्सी मेनेजर मनु साङपाङ राई र रुपा सेलिङले अविर, खादा र सम्मानपत्र बितरण गर्नुभएको थियो ।

सम्मानीत हुनेहरुमा झरना लक्सम लिम्बू, कुुसुम ढुङ्गेल, देबेन्द्र राई, हेमकला न्यौपाने, अशोक निरौला, कल्पना राई, रिता साङपाङ राई, उमा धिमाल, रेखा राई, सानु सावाँ लिम्बू, सिता मादेन, रञ्जना धिमाल, बसन्त मेन्याङ्बो, दिपा सम्बाहम्फे, प्रदिका चेम्जोङ लगायत छन् । कार्यक्रममा सम्मानीत एजेन्सी मेनेजरहरुलाई सम्मान-पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो कार्यक्रममा सहभागि एजेन्सी मेनेजरहरुले आ-आफ्नो व्यवासयको बारेमा अनुभवहरु र आगामी लक्ष्यको बारेमा मन्तव्यसहित प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तैं, कार्यक्रममा अतिथिहरुको तर्फबाट पत्रकार अनिलदेब राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन एजेन्सी मेनेजर हेमकला न्यौपानेले गर्नुभएको थियो भने सिनियर एजेन्सी मेनेजर रुपा सेलिङ र मनु साङपाङ राईले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई धन्यवाद मन्तव्य कार्यक्रमको अध्यक्ष तथा सिनियर एजेन्सी मेनेजर शुरेस राईले राख्नुभएको थियो ।
गत बर्ष इलामको चपेटीमा कार्यक्रम भएको थियो । कार्यक्रमबाट एजेन्सी मेनेजहरुहरुलाई आफ्नो कार्यक्षेत्रमा काम गर्न र लक्षित उदेश्यसहित अघि बढ्न उत्प्रेरणा र उत्साहको लागि रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरिने गरिएको कम्पनीको दमक शाखाका सिनियर एजेन्सी मेनेजरहरु बताउँछन् ।

