गोबिन ल्वागुन/झिलझिले (शिबसताक्षी), ७ फागुन–झापाको शिबसताक्षी–७ लालझोडास्थित भानु माध्यमिक बिद्यालयले ५३ औ बार्षिक उत्सब बिभिन्न कार्यक्रम गरि मनाएको छ ।
शुक्रबार बिद्यालयको प्रङगणमा आयोजित बार्षिक उत्सब कार्यक्रममा अक्षयकोष छात्रबृत्ति बितरण, कक्षागत उत्कृष्ठ बिद्यार्थी पुरस्कार बितरण गर्नुका साथै बिभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको छ ।
शिबसताक्षी वडा नम्बर ९ का अध्यक्ष तथा नगर शिक्षा, सामाजिक बिकाश शाखा संयोजक छबिलाल पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भानुभक्त टिकादेबी संग्रौला स्मृति छात्रबृत्ति पुरस्कार कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ठ तथा जेहेनदार ८ जना बिद्यार्थीहरलाई जनही २२ सय ९५ का दरले बितरण गरिएको छ । जसमा प्राथमिक तहमा छात्रतर्फ योहाङ लिम्बु र छात्रातर्फ जोया लक्समले पाईन् ।
त्यसैगरि, आधारभुत तहतर्फ आयुष घिमिरे र अम्बिका भटराई प्राप्त गरे भने माध्यमिक तहको छात्रबृत्ति रोबिन आचर्य र यमुना खड्काले पाउन सफल भए ।
त्यस्तै जितेन्द्र–सरस्वती तुङबाङफे चेम्जोङ छात्रबृत्ति माध्यमिक तहका प्राबिधिकधारका ४ जना उत्कृष्ठ र जेजेनार बिद्यार्थीहरुलाई प्रदान गरिएको छ । उनिहरुलाई जनही ३२ सय ९५ रुपैया प्रदान गरिएको थियो । त्यसैगरि टेकनाथ भगिरथा मैनाली छात्रबृत्ति कक्षा १ देखि कक्षा १२ सम्मका ८ जना उत्कृष्ठ तथा जेहेन्दार बिद्यार्थीहरुलाई जनही १४ सय ९५ रुपैया बितरण गरिएको बिद्यालयका प्रधानध्यपक डामकुमार कुँवरले बताए ।
उक्त कार्यक्रमलाई सफल बनाउन बिहाननै नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडको प्राबिधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको शिक्षक फणेन्द्रराज चेम्जोङले जानकारी दिए ।
कार्यक्रम पुर्ब बिद्यार्थीहरुलाई बिभिन्न बिधाका खेलहरु खेलाइएको थियो भने अबिभावकहरुलाई हण्डीफोर तथा म्यूजिकल चियर खेल खेलाई मनोरञ्जन प्रदान गरिएको थियो । कार्यक्रममा नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई, अक्षयकोष दाता जितेनद्रराज चेम्जोङ ,वडा सदस्य बिर्खमया कार्की, नरमाया कार्की लगायतको शुभकामना मन्तबय बोलेका थिए ।
बिद्यालयको बार्षिक प्रतिबेदन प्रधानध्यपक डामकुमार कुवँरले प्रसतुत गरेका थिए । शिक्षक टेकनाथ रिजालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सभापतित्व शिक्षक अबिभावक संघका पुर्ब अध्यक्ष डम्बर निरौलाको रहेको थियो ।

