दमक, ७ फागुन–संसद बिघटन गरेर प्रधानमन्त्री केपि ओलीले नागरिक अधिकार कुन्ठित गरेको भन्दै आज दमकमा स्रष्टाहरुले त्यस बिरुद्ध कविता वाचन गरेका छन् । सबैखाले प्रतिगमका बिरुद्धमा र निरन्तर अग्रगमनका पक्षमा स्रष्टा आन्दोलन २०७७ नाम दिईएको कार्यक्रममा १० जना स्रष्टाहरुले प्रतिगमनका बिरुद्धमा कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्रकाश बुढाथोकी, विराट किराँती, सुन्दर कुरुप, सेसेहाङ फियाक, रचना लाओती लगायतले नागरिक जागरणका कविता वाचन गरेको कार्यक्रमको सम्योजन गर्न लाग्नु भएका साहित्यकार मेचि पुत्रले जानकारी दिनुभयो ।

दमकको मुख्या चौकमा खुल्ला रुपमा आयोजना गरिएको कार्यक्रममा बिषेश वक्ताको रुपमा बोल्दै साहित्यकार राजन मुकारुङले स्रष्टाहरु सबैखालका प्रतिगमनको बिरुद्धमा रहेको बताउनु भयो ।

प्रधानमन्त्रीले संबिधानमै नभएको अधिकार प्रयोग गर्दै संसद बिघटन गर्दा मात्रै नभएर निर्मला पन्त, संझना विकहरुको बलात्कारपछि हत्या हुँदा पनि स्रष्टाहरु आन्दोलीत बनेको बताउँदै नागरिक अधिकार कुन्ठित हुँदा रहेक सचेत व्यक्ति सडकमा निस्कनु पर्ने बताउनु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *