काठमाडौं, ८ फागुन–आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–१ इञ्चार्ज भीम आचार्यले मुख्यमन्त्री शेरधन राईलाई प्रदेशसभा भङ्गगरेर देखाउन चुनौती दिएका छन् ।

आज ९शनिबार० काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले कथित दलको विधानको हवाला दिएर मुख्यमन्त्री राईले सभामुख, उपसभामुख र सांसदलाई प्रदेशसभा भंग गर्ने भन्दै धम्क्याएको भन्दै यस्तो चुनौती दिएका हुन् ।

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रस्तावित मुख्यमन्त्री समेत रहेका आचार्यले मुख्यमन्त्री राईको धम्कीको कडा प्रतिवाद गरिने बताए । आचार्यले भने, ‘ल त अल्पमतमा पर्‍यौं अब तिमी छोड लोकतान्त्रिक प्रक्रियाले चल भन्दा प्रदेशसभा भंग गर्ने रु यस्तो धम्कीले कोही पनि डराउँदैन । त्यो भएमा हामी कडा प्रतिवाद गर्छौ ।’

‘हामी प्रतिगमन विरोधी आन्दोलनमा छौं । जनताले साथ दिएका छन् । यसलाई घुँडा टेकाएर छोडिन्छ । मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याइन्छ । साभामुख, उपसभामुख र सांसदलाई तर्साउन खोज्ने रु यो कुरा लोकतन्त्रमा चल्दैन । धम्कीले कोही डराउँदैन’ आचार्यले भने । उनले थपे, ‘यदि तागत छ भने भङ्ग गरेर देखाए हुन्छ। चुनौती दिन चाहन्छु ।’

नेकपा स्थायी कमिटी सदस्य समेत रहेका आचार्यले अविश्वासको प्रस्ताव मुख्यमन्त्रीलाई सोधेर दर्ता नहुने प्रष्ट पारे । प्रदेश–१ का सत्ता पक्षीय सांसदले आफ्नै सरकारले बोलाएको प्रदेशसभा बैठक अवरुद्ध गरेको भन्दै आचार्यले आक्रोश व्यक्त गरेका छन् । अविश्वासको प्रस्ताव सडकमा टाउका गन्ने नभएर सांसदमा टाउको गन्ने प्रक्रिया भन्दै त्यसलाई अवरुद्ध गर्नु नहुनेमा जोड दिए ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश–१ मा ४७ सांसद आफ्नो पक्षमा देखाउन समेत उनले मुख्यमन्त्री राईलाई चुनौती दिए । उनले अविश्वासको प्रस्ताव अगाडि बढेमा कांग्रेसले साथ दिने विश्वास व्यक्त गरे ।

प्रदेश–१ मा नेकपाका ६७ सांसदमध्ये सभामुख र उपसभामुख बाहेक ६५ सांसद छन् । अविश्वासको प्रस्तावको पक्षमा ३७ सांसदले हस्ताक्षर गरे पनि अहिले त्यो संख्या ४० पुगेको दाबी आचार्यको छ । प्रदेश–१ मा कांग्रेसका २१, जसपाका ३, लिम्बुवान र राप्रपाका १–१ गरेर कुल ९३ जना सांसद छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *