काठमाडौ, ८ फागुन–१२ औं राष्ट्रिय जनगणना नजिकिँदै गर्दा किरात राई यायोक्खाले सो सम्बन्धी अभियानलाई तिब्र बनाएको छ ।
यायोक्खा केन्द्रीय समितिले मुख्य कार्यालय कोठमाडौं कोटेश्वरमा आज (फागुन-८) कार्यक्रमकोवीच १२ औं राष्ट्रिय गनगणना सम्बन्धी पोष्टर टाँस्ने र वितरण कार्य सुरु भएको हो ।
यायोक्खाले आउने १२ औं राष्ट्रिय जनगणनामा जातिको महलमा राई, मातृभाषा र पूर्खाँको भाषाको महलमा थरगत भाषा, दोस्रो भाषाको महलमा, राई समुदायकै कुनै भाषा र धर्मको महलमा किरात लेख्न, लेखाउन सम्पूर्ण अभियान चलाउदै आएको छ ।
सोही सम्बन्धी ५० हजार पम्प्लेट र एक लाख पर्चा प्रकाशन भएको किराया महासचिव जनक राईले बताए । पोष्टर र पर्चा वितरण कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले जनगणना अभियानमा हजारौं कार्यकर्ता सहभागि रहेको बताएका छन् । अध्यक्ष राईले विदेशमा रहनुभएका समुदायका नेता, कार्यकर्ताहरुलाई समेत समाजिक सञ्जाल लगायतको सञ्चार माध्यमहरु मार्फत अभियानमा सघाउन अनुरोध गर्नुभयो ।
यायोक्खा पूर्ब केन्द्रीय उपाध्यक्ष चन्द्रविक्रम राई, दुर्गा कोयू राई, किरात राई प्रज्ञा परिषदको कुलपति जय राई, किराया वेलायतका उपाध्यक्ष मेजर योगेश कोयु राई, कुबेतका उपाध्यक्ष उमेश राई लगायतबाट पोष्टार टाँसेर सुरुवात भएको थियो ।
यायोक्खाले १२ औं राष्ट्रिय जनगणनाकै लागि जिल्ला, नगर, गाउँहरुमा छुट्टै समितिहरु बनाउनुको साथै यस अघिदेखिनै भिडियो, अडियो, भित्ते लेखन लगायतको प्रचार अभियान चलाउदै आएको छ ।
यायोक्खाको केन्द्रीय मुखपत्र निप्सुङ ३८ औं अंक गनगणना विशेषाङ्कको रुपमा प्रकाशनको अन्तिम तयारीमा रहेको केन्द्रीय सचिवसमेत रहेका प्रभारप्रशार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।
यायोक्खाले राई समुदायले प्रयोग गर्दै आएको मातृभाषा, पूर्खाको भाषामा थरगत भाषा र दोस्रो भाषामा प्रयोगमा आएको वाम्बुले, चाम्लिङ, तिलुङ, खालिङ, बायुङ-बाहिङ, जेरुङ, कुलुङ, नाछिरिङ, दुमी, कोयु-कोयी, साम्पाङ, थुलुङ, पुमा, बान्तावा, दुङ्माली, आठपहरिया, छिन्ताङ, छिलुङ-छुलुङ, फाङ्दुवाली, मुगा-मुगाली, याम्फू, लोहोरुङ, बेलाहारे, मेवाहाङ, लुङखिम-लिङखिम, देवास, नेवाहाङ लेख्नु, लेखाउन अभियान थालेको हो ।
