दमक, १० फागुन–जीवन बिमा कम्पनीहरुबीच पहिलो र लोकप्रिय नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३४औं स्थापना दिवस देशभरी मनाएको छ ।

देशभर १ सय ६ वटा शाखा कार्यालयहरु रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यसवर्ष बृद्ध आश्रम र बाल आश्रममा कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । यसैबीच, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको झापाको दमक र मोरङको उर्लाबारी शाखाले आ–आफ्नो क्षेत्रमा सामाजिक क्रियाकलाप गर्दै स्थापना दिवस मनाएको छ ।

दमक शाखाले दमक–४ चियाबगानस्थित रत्न जेष्ठ बृद्धडआश्रममा एक कार्यक्रम गरेर ३४औं स्थापना दिवस मनाएको हो । आश्रममा आश्रित आमा बुबाहरुलाई खाना खुवाउनुका साथै ३५ केजी चामल, दाल, चिनी, नुन र नगद ६ हजार ५ रुपैया सहयोग गरेको छ ।

आश्रमले स्थापना गरेको कोषमा सहयोग गर्ने उदेश्यले सो सहयोग रुपैया हस्तान्त्रण गरिएको दमक शाखा प्रमुख सुमन कुमार राईले बताउनुभयो । दमक शाखा प्रमुख सुमन कुमार राईले आश्रमका प्रतिनिधिलाई नगद र खाद्यन्य सामाग्रीहरु हस्तान्त्रण गर्नुभएको थियो ।

सो अवसरमा कम्पनी उर्लाबारी शाखा प्रमुख मोहन कडेल र दमक शाखाका सिनियर एजेन्सी मेनेजर (अभिकर्ता) युवराज दंगाल, अर्जुन राई, कल्पना श्रेष्ठ, मनमाया बर्देवा, तीजा मगर, धनमाया मगर र टीका रिजाललगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो । आश्रममा २ आमा र ६ जना बुबाहरु आश्रित छन् ।

त्यस्तैं, मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृह आश्रममा कार्यक्रम गरेर नेशनल लाइफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखाले ३४औं स्थापना दिवस मनाएको छ ।

सो क्रममा आश्रमलाई रु १० हजार ३ सय बराबरको चामल ४ बोरा, खाने तेल १ जार, चाउचाउ २ कार्टुन, दाल ५ केजी, बिस्कुट लगायतका खाद्यान्य सामाग्रीहरु प्रदान गरिएको शाखा प्रमुख मोहन कडेलले बताउनुभयो ।

सामाग्रीहरु हस्तान्त्रण कार्यक्रममा दमक शाखा प्मुख सुमन कुमार राई, पथरी शाखा प्रमुख रबिन्द्र लिङदम र अभिकर्ता र कर्मचारीहरुको सहभागिता थियो ।

नमुना बाल गृह आश्रममा कार्यक्रम पश्चात नेशनल लाइफ इन्स्योरेन्स कम्पनी उर्लाबारी शाखामा पथरी र दमक शाखाको संयुक्त कार्यक्रमबीच केक काटेर ३४औं स्थापना दिवस मनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *