एजेन्सी, ८ असार–इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति भएको खेलमा चेल्सीले भिल्लामाथि २–१ गोल अन्तरको जित हासिल गरेको हो। चेल्सीको जितमा क्रिस्टियन पुलिसिक र ओलिभर जिराउडले एक एक गोल गरेका थिए भने एस्टन भिल्लाका लागि कोर्टने हाउसले एक गोल गरेका थिए।​

भिल्लाले खेलको ४३औ मिनेटमा हाउसको गोलको मद्दतले शुरुवात अग्रता लिएको भएपछि चेल्सीले खेलको ६०औ मिनेटमा २ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो। खेलको ६०औ मिनेटमा पुलिसिक र ६२औ मिनेटमा जिराउडले गोल गरेका थिए। यो जितसँगै चेल्सीले महत्वपूर्ण ३ अंक बटुलेर प्रिमियर लिगमा ३० खेलमा ५१ अंकसहित चौथो स्थानमा रहेको छ।

अब म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले अगाडी भएकाले चेल्सीले यस सिजनमा चौथो स्थान सुरक्षित गर्नसक्ने देखिएको छ। त्यस्तै प्रिमियर लिग उपाधिका लागि दुई जित टाढा रहेको लिभरपुल भने एभर्टनसँग बराबरी खेलेको छ। गएराती सम्पन्न भएको खेलमा लिभरपुल एभर्टनसँग बिना कुनै गोल रोकिए पछि लिभरपुलको ३० बर्षपछि उपाधि जित्ने अवसर केहि दिन पर धकेलिएको छ।

लिभरपुलले मंगलबार राति क्रिस्टल प्यालेसविरुद्ध खेल्दै छ भने शुक्रबार राति म्यानचेस्टर सिटी विरुद्ध खेल्दै छ। उपाधिका लागि दोस्रो स्थानमा रहेको सिटी अपराजित रहेमा कम्तिमा अब ५ अंक चाहिएको लिभरपुलले प्यालेसलाई जितेर सिटीविरुद्धको खेल जितेमा उपाधि जित्ने छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *