दमक, ११ फागुन–झापाको धरमपुरमा आज कर शिक्षा सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरस्थित हात्तेमालो कृषि सहकारी संस्थामा आयोजित कार्यक्रममा शिबसताक्षी–१, २ र ३ (साविक धरमपुर) का उद्योगी ब्यापारी, व्यवासायी र सहकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
शिबसताक्षी उद्योग बाणिज्य संघ शिबसताक्षी र आन्तरिक राजस्व कार्यालय दमकको संयुक्त आयोजनामा एक दिने कर शिक्षा कार्यक्रममा सहभागिहरुले कर सम्बन्धी शिक्षा पाएका छन् । बाणिज्य संघ शिबसताक्षीका अध्यक्ष भोला मैनालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख डम्बरुप्रसाद पाराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् स्थानीय व्यवासायी लीलाकुमार जोशी, हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद गौतम, धरपमुर साकोसका अध्यक्ष दीपकुमार श्रेष्ठ लगायत धरमपुरका ब्यापारी र व्यवसायीहरुको उपस्थिति थियो ।
अध्यक्ष मैनालीका अनुसार कार्यक्रममा कर भनेको के हो ? कर सम्बन्धी व्यबसाय गर्ने नागरिकको दायित्व र योगदानको बारेमा संचेत गराइएको थियो । त्यस्तै, मैनालीले करबाट व्यवसायीहरु आत्तिने र डराउने गर्ने गरेका छन्, त्यसैले कर सम्बन्धी सर्वसाधरणमा शिक्षा र चेतना प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रम आगामी फागुन १३ गते शिबसताक्षी–१० माइधारमा गरिने र शिबसताक्षी–८ झिलझिले र वडा नं ६ शिबगञ्जमा कर सम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष मैनालीले बताए ।
