काठमाडौं, १२ फागुन–नेकपाको प्रचण्ड– नेपाल समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै आज देशैभर विजय जुलुस निकाल्ने भएको छ । संसद् पुनःस्थापन भएको खुसियालीमा विजय जुलुस निकाल्ने केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार राजधानीको शान्तिबाटिकामा दिउँसो १२ बजे जुलुस निकालिनेछ । जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने उनले बताए ।

दुबै अध्यक्ष अहिले चितवनमा छन् । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । मंगलबार चितवन पुगेका अध्यक्षद्वय केहीबेरमा काठमाडौं आउने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *