एजेन्सी, ८ असार–स्पेनिस ला लिगामा रियल मड्रिड लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा रियल सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित गदै मड्रिड शिर्ष स्थानमा उक्लिएको हो। उसकोको जितमा करिम बेन्जिमा र सर्जियो रामोसले एक एक गोल गरेका थिए। त्यस्तै सोसीयडाडका लािग एक गोल भने मिकेल मेरिनोले फर्काएका थिए।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि बेन्जिमाले खेलको ७०औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। त्यसको दुई मिनेटपछि नै सोसीयडाडका अद्नान जानुजाजले गरेको गोल भारले अस्वीकृत भएको थियो। भारको यो विवादस्पद निर्णयको फाइदा रियल मड्रिलाई भएको छ। ​

रियलको यो जितसँगै लिगमा बार्सिलोनासँग अंक बराबरी गर्दै शिर्ष स्थानमा उक्लिएको छ। अब ३० खेलमा रियल मड्रिड र बार्सिलोनाको बराबर ६५ अंक भएको छ। त्यस्तै रियल सोसियडाडको भने ३० खेलमा ४७ अंक छ भने लिगको छैठौं स्थानमा रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *