एजेन्सी (कराँची), ८ असार–पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटहरुको जिम्मेवारी लिएको छ।

एउटा बिस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो। उक्त आक्रमणमा एक सर्वसाधारण र अधैसैनिक बलका सदस्य सहित आठ जना अरु घाइते भएका थिए।

अर्को बिस्फोटन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्यान गएको थियो। तेस्रो बिस्फोटन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्षति पुगेको थिएन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *