एजेन्सी, ९ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बर्नलीवरुद्ध शानदार जीत निकालेको छ।
साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीलाई पाँच शुन्यले हरायो। लिगको दोस्रो स्थानको सिटीको उपाधि जित्ने सम्भावना लगभग सकिसकेको छ किनकि सिटी लिभरपुल भन्दा २० अंकले पछि रहेको छ।
यस सिजन लिभरपुललाई उपाधि जित्न ५ अंकको आवश्यकता रहेको छ। लिभरपुलको ८३ अंक रहेको छ। समान खेल खेलेको सिटीको ६३ अंक रहेको छ। यस अघि सिटीले आर्सनललाई हराएको थियो। ३९ अंक जोडेको बर्नली ११ औं स्थानमा कायमै छ।
