काठमाडौं, १० असार–विश्‍व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच र उनकी पत्नी जेलेनालाई कोरोना संक्रमण पुष्टि भएको छ। खेलकुद क्षेत्रमा खेलाडीलाई कोरोना देखिएका उनी पहिलो ठूलो खेलाडी बनेका छन्। उनकै अगुवाईमा भएको एड्रिया टूर टेनिस प्रतियोगितामा सहभागी जनाएका अरु दुई खेलाडीमा पनि कोरोना देखिएपछि जोकोभिचले पनि परिक्षण गरेका थिए। उनले आफ्नो आधिकारिक ट्विटरमार्फत आफूलाई कारोना लागेको खुलासा गरेका हुन्। साथै उनले आफ्नी पत्नीको परीक्षण नतिजा पनि पोजेटिभ आएको बताएका छन्। तर उनका बच्चाहरूमा भने कोरोना संक्रमण देखिएको छैन्। उनले नै नेतृत्व गरेको टेनिस प्रतियोगिता खेलेका अरु तीन जना खेलाडीमा पनि कोरोना देखिएको थियो।

कोरोनाका बेला यस्तो प्रतियोगिता गर्दा खेलाडीमा पोजेटिभ देखिएको र यसको जिम्मा जोकोभिचले लिनुपर्ने भन्दै विभिन्न खेलाडीले आलोचना गरेका थिए। बेलग्रेडमा भएको सो प्रतियोगितापछि खेलाडी र केहि साथीहरुले पार्टी गरेका थिए। जसमा उनीहरुले नाचगान पनि गरेका थिए । विस्तारै अरुको पनि परिक्षणको रिपोर्ट आउने र थाहा हुने बताइएको छ।

जोकोभिचले एक विज्ञप्ती निकाल्दै राम्रो कामका लागि प्रतियोगिता गरेको तर अन्तिममा खराब भएको बताएका छन्। उनले कोरोनाको संक्रमण कम भएपछि प्रभावित व्यक्तिका लागि यो प्रतियोगिता गरेको बताएका छन्। दुर्भाग्यवश यो भाइरस अझै बाँकी रहेको र त्यसको असर आफूलाई पनि परेको बताएका छन्। उनले विज्ञप्तीमा माफी पनि मागेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *