काठमाडौं, १० असार–विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउने क्रम जारी छ। आज पनि विभिन्न देशमा समस्यामा परेका नेपाली स्वदेश फर्किन लागेका हुन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न देशमा ११ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन्।

साउदी अरेवियाको दमामबाट हिमालय एयरलाइन्स मार्फत तथा नेपाल एयरलाइन्सको उडान मार्फत साउदी अरेवियाको जेद्दाबाट नेपाली स्वदेश फर्कदै छन्। यसैगरी हिमालय एयरलाइन्सको उडान मार्फत नै युएईको अवुधावीबाट पनि नेपाली आउँदैछन् ।

हिमालय एयरलाइन्सले नै कुवेतबाट पनि उडान भर्ने तालिका छ। टर्किस एयरलाइन्स मार्फत पनि नेपालीहरु फर्काईंदैछन् । नेपाल एयरलाइन्स आज नै कुवेतका लागि उड्ने छ।

नेपाल एयरलाइन्सको जहाज जापानको नारिता तथा हिमालय एयरलाइन्सको जहाज कतारको दोहाका लागि उड्नेछन्। तर कुन देशबाट कति नेपाली स्वदेश फर्कदै छन् भन्ने खुलाइएको छैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *