काठमाडौं, ११ असार–नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २६ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मधुमेहका बिरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षीय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसियुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो।

यस्तै, ललितपुरको महालक्ष्मी ५ का ५० वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो। ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ। जसमा महिला १ हजार १ सय ४२ र पुरुष १ हजार २० जना रहेका छन्।

बिहीबार महिला ४८ र पुरुष ३ सय ८६ गरी ४ सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताए। गत २४ घण्टामा पीसीआर विधिबाट बिहीबार ६ हजार ५ सय ४३ गरी आजसम्म १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण भएको छ।

यस्तै, आरडिटी विधिबाट बिहीबार ४ हजार १ सय ६७ गरी आजसम्म २ लाख ८७ हजार ८ सय ६३ जनाको परीक्षण भएको छ। अहिले देशभरका क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका छन्। यस्तै, ८ हजार ४ सय २२ जना आइसोलेसनमा रहेका छन्।

बिहीबार महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएका छन्। आजसम्म २ हजार ६ सय ५० जना डिस्चार्ज भएको उनले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *