बागलुङ, १२ असार–बागलुङको निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषधसहित वडा अध्यक्ष पक्राउ परेका छन्। निसीखोला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीसहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागुऔषध बिक्रीका लागि लैजादै गर्दा वडा नं ५ बाट पक्राउ परेका हुन्। शुक्रवार बिहानै उनीहरुले बेच्न लागेको लागूऔषध के हो भन्ने अहिले सम्म खुलेको छैन्।

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेर बुर्तिवाङ बजार ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए। घटनाबारे थप अनुसन्धानबाट मात्रै विस्तृत विवरण जानकारी हुने उनले बताए।

गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले घटनाबारे जानकारी नपाएको बताए। सुनेपछि उनले घटनाको अध्ययन गर्न लागेको उनले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *