बिराटनगर, १२ असार–प्रदेश १ बाट एकैदिन ९१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। बिहीबार पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेशन र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ महिलासहित ९१ जनाले कोरोना सङ्क्रमणमुक्त भएका हुन्।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए। यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २१ जना डिस्चार्ज भएको प्रवक्ता डाक्टर दिनेश सापकोटाले जनाकारी दिए।

धरान र गोठगाउँ गरी मोरङका ३२ जना, झापाका २९, सुनसरीका २१, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना छन्। डिस्चार्ज हुने २५ जेठदेखि २ असारसम्म भर्ना भएकाहरु हुन। उनीहरु १५ देखि ६० वर्ष उमेर समूहका छन। यो सँगै प्रदेश १ बाट कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३७६ पुगेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *