गौरादह १२, असार–झापा गौरादह निवासी पत्रकार, जनता माध्यमिक विद्यालयका शिक्षक एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता डण्डिराज घिमिरेलाई पितृशोक परेको छ । पत्रकार घिमिरेका पिता तारानाथ घिमिरेको ७३ बर्षको उमेरमा आज बिहान ७.५५ बजे गौरादह नगरपालिका वडा नं ४ (महारानीझोडा) स्थित निजि निवास मजुवामा निधन भएको हो ।

पेटमा ट्युमर सम्बन्धि रोगले पिडित भएका मृतक घिमिरे एक वर्ष अघि ट्युमरको अप्रेसन गरि घरमै स्वास्थ्यलाभ लिईरहेका थिए । ओखलढुंगाको चिशंखुपोखरीमा विसं २००४ साल साउन १२ गते जन्मनु भएका सामाजिक तथा धार्मिक व्यक्तित्वका धनी घिमिरे सरस्वती घिमिरेसंग वैवाहिक बन्धनमा बाँधिनु भएको थियो ।

उनका २ छोरा बुहारीहरू डण्डीराज–सरिता , युवराज–गोमा र छोरीहरू गंगा खतिवडा, शान्ता खतिवडा, कविता खतिवडासहित ५ नाति र ३ नातिनी छन् ।

उनको पार्थिक शरिरलाई आज दिउँसो १२ बजे झापा गौरादह नगरपालिका वार्ड नं ७ स्थित फकिढिप गेउरिया घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

मृतक घिमिरेका जेठा छोरा डण्डीराज घिमिरे समरूप मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन विचारका सञ्चालक तथा सम्पादक हुन् । पछिल्लो समय नेकपाको जिल्ला सदस्यसमेत रहेका पत्रकार घिमिरे हाल उनी गौरादह नगरपालिका वार्ड नं १ स्थित जनता माध्यमिक विद्यालयमा अध्यापन गर्दैछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *