झिलझिले, १२ असार–झापाको शिवसताक्षीमा अनलाईन गायन प्रतियोगिता विहिबारबाट शुरु भएको छ । बोलोचोक विकास समिति शिवसताक्षीको आयोजनामा शुरु भएको सो प्रतियोगितामा जुनसुकै उमेर समूहका शिवसताक्षीका सवैले भाग लिन पाउने आयोजक संस्थाका अध्यक्ष शाहले जानकारी दिए ।
आयोजकले यो कार्यक्रमलाई प्रतियोगिता मात्र नभएर एक प्रकारको तालिम पनि भएको साथै गाउँघरमा लुकेर रहेका प्रतिभाहरूको खोजी गरि उनीहरु भित्र रहेको कलालाई उजागर गर्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको समितिका उनले बताए ।
प्रतियोगितामा सहभागि हुनका लागि शिवसताक्षी नगरपालिका स्थायी वा अस्थायी रुपमा १ बर्ष अघिबाट बसोबास गरेको हुनु पर्ने आयोजकले जनाएको छ । यो प्रतियोगितामा सहभागि हुन कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकले जनाएको छ ।
यो प्रतियोगितामा सहभागिता जनाउन यो लिंकमा गएर singing.bobis.org.np मा श्रावन असार १५ गते भित्र सहभागिले अफनो नाम दर्ता गराउनु पर्ने छ । साउन २१ गतेसम्ममा सहभागिहरुबाट उत्कृष्ठताका आधार छनौट गरिने आयोजको भनाई रहेको छ ।
छनौट भएका सवै प्रतियोगीहरुले साउनभित्र आफ्नो गीत रेकर्ड गरेर संस्थालाई भिडियो उपलब्ध गराउनु पर्नेछ । प्रतियोगितामा सवै बिधाका नेपाली गीतहरु गाउन सकिने छ । प्रतियोगिहरुबाट प्राप्त योग्य गीतलाई डिएस नेपाल यूट्यव च्यानलमा अपलोड गरिनेछ । त्यस यूट्यवको मात्र भ्यूअर, भ्यूयर्स समय, लाइक र डिसलाइकको आधारमा उत्कृष्ठ ३० प्रतियोगि छानिने छ ।
उत्कृष्ठ ३० भित्र पर्न सफल प्रतियोगिहरुले पुनः नयाँ गीत रेकर्ड गरेर ११ दिन भित्रमा संस्थालाई उपलब्ध गराउनु पर्ने नियम रहेको आयोजकले उल्लेख गर्का छन् । यसरी क्रमशः टप १० हुदै तीन उत्कृष्ठ चयन गरि उपाधिका अन्तिम प्रतिष्पर्धा गरिने छ । त्यसरी उत्कृष्ठ उत्कृष्ट हुनेलाई प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाएको छ ।
